सस्थाको संक्षिप्त परिचयः

सदस्यहरुमा सर्मपित, सरल, सहज र सुरक्षित सहकारी संस्था भन्ने मुल भावका साथ बनेपा ७, काभ्रेमा सहकारी ऐन २०४८ बमोजिम २०६५ भाद्र २३ गते साविक सहकारी डिभिजन कार्यालय, धुलिखेलमा विधिवत दर्ता भै संचालित यस एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. आफ्ना सदस्यहरु तथा सहकारी अभियानको माझमा आफ्नै नाम र कामले परिचित संस्था हो । सदस्यहरुको माझमा एक सरल, सहज र सुरक्षित संस्थाको रुपमा परिचय बनाएको यस संस्थाले बनेपा नगरपालिकालाई कार्यक्षेत्र बनाएर सदस्यहरुलाई स्वावलम्बन र व्यवसायका क्षेत्रमा विशेष प्रोत्साहन गर्दै कर्जा तथा अन्य सेवाहरु प्रदान गर्देै आइरहेको छ । डेढ दशक लामो सेवा अवधिमा संस्थामा आबद्ध सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतीक उन्नतिका लागि अनवरत नयाँ नयाँ सेवाहरुको साथमा सदस्यहरुको माझमा सहकार्य गर्दै आएको छ ।

आर्थिक समानता र भेदभाव रहित सहभागिताका लागि सबै सदस्यको स्वेच्छिक संलग्नतामा सञ्चालित यस संस्थामा पूर्णं प्रजातान्त्रिक परिपाटीमा सहकारी विभाग तथा मातहतका निकायहरुको निर्देशनलाई परिपालना गर्दै सहकारी अभियानका अन्य निकायहरुसँग आवद्ध भई असल सहकारीको पहिचान बनाउँन सफल भएको छ ।