Express Saving and Credit Cooperative Society Ltd.

ऋण

-

घरायसी खर खाँचो ऋण

सदस्यको घरायसी व्यवहारमा पर्ने अर्पझट् आवश्यकता परिपूर्ति गर्नेको लागि प्रदान गरिने ऋणलाई घरायसी खर खाँचो ऋण भनिनेछ, यस्तो ऋणको अवधि १ महिना देखि १ बर्ष अवधिसम्मको हुनेछ । यस प्रकारको ऋण विना धितोको हकमा सदस्यको संस्थामा रहेको शेयर रकम बराबर र सो भन्दा बढि आवश्यक भएमा संस्थामा ऋण तिर्न बुझाउन बाँकी नभएको अर्को शेयर सदस्यको जमानतमा निजको शेयर बराबरको रकम ऋण स्वरुप प्रदान गरिनेछ । यदि सदस्यलाई ऋण रकम नपुग भएमा कुल शेयर रकममा ११.१२% सम्म थप गरेर अधिकत्तम रु. ५ लाखसम्म ऋण प्रदान गरिनेछ । यस्तो ऋणमा अर्को २ जनासम्म शेयर सदस्यलाई जमानत राखेर ऋण उपयोग गर्न सकिनेछ । ऋण भूक्तानीको अन्तिम मिति राखेर कुनै पनि वाणिज्य बैंकको चेक संस्थाको ऋण भूक्तानीको लागि संस्थाको नाममा खिच्नु पर्नेछ । यस ऋणको ब्याजदर १४% सम्म हुनेछ भने सबै संलग्न ऋणी सदस्यहरुको मासिक नियमित बचत पूर्ण रुपमा अद्यावधिक हुनुपर्नेछ ।

ब्यबसायिक खर खाँचो ऋण

सदस्यको ब्यबसायिक व्यवहारमा पर्ने आवश्यकता परिपूर्ति गर्न तथा ब्यबसायिक खर खाँचोको लागि प्रदान गरिने ऋणलाई ब्यबसायिक खर खाँचो ऋण भनिनेछ, यस्तो ऋणको प्रकृती १ महिना देखि १ बर्ष अवधिसम्मको हुनेछ । यस प्रकारको ऋण विना धितोको हकमा रु. २ लाख सम्म र धितोमा रु.४० लाख सम्म प्रदान गरिनेछ । विना धितोको हकमा ऋण भूक्तानीको अन्तिम मिति राखेर कुनै पनि वाणिज्य बैंकको चेक संस्थाको ऋण भूक्तानीको लागि संस्थाको नाममा खिच्नु पर्नेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर बमोजिम हुनेछ भने मासिक नियमित बचत पूर्ण रुपमा अद्यावधिक हुनुपर्नेछ ।

मझौला व्यापार, व्यवसाय, उद्योग ऋण

साना तथा माझौला किराना तथा अन्य उपभोग्य पसल, होटल जस्ता आयमूलक व्यवसाय, घरेलु तथा साना उद्योग, कुटानीपिसानी उद्योग लगायत अन्य व्यापार, व्यवसाय तथा उद्योगधन्दाको लागि प्रदान गरिने ऋणलाई व्यापार, व्यवसाय, उद्योग ऋण’ भनिनेछ । यस्तो ऋणको अवधी विना धितोको हकमा १ बर्ष र धितो ऋणको हकमा ५ वर्षसम्मको हुनेछ । यस प्रकारको ऋण विना धितोको हकमा रु.१ लाख सम्म र धितोमा रु.४० लाख सम्म प्रदान गरिनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर बमोजिम हुनेछ भने मासिक नियमित बचत पूर्ण रुपमा अद्यावधिक हुनुपर्नेछ ।

निर्माण तथा अचल सम्पत्ति खरिद ऋण

आवासिय घर, टहरा, गोठ, शौचालय आदि निर्माण तथा मर्मत र घर जग्गा खरिदका लागि प्रदान गरिने ऋणलाई निर्माण तथा अचल सम्पत्ति खरिद ऋण भनिनेछ । यस ऋणको अवधी ५ वर्षसम्मको हुनेछ भने रु.५० लाख सम्म ऋण प्रदान गरिनेछ । यस शिर्षकमा विना धितो ऋण प्रदान गरिने छैन । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर बमोजिम हुनेछ भने मासिक नियमित बचत पूर्ण रुपमा अद्यावधिक हुनुपर्नेछ ।

सवारी साधन खरिद ऋण

सवारी साधन निजी तथा ब्यापारिक प्रयोजनको लागि खरिद गर्न प्रदान गरिने ऋणलाई सवारी साधन खरिद ऋण भनिनेछ । नयाँ गाडि÷बाईक खरिदमा कोटेशन मूल्यको ५०% सम्म र १० वर्ष देखि यताको मोडेलमा मुल्याङ्ककित रकमको ५०% देखि ७०% सम्म कुनै अचल सम्पत्ति सर्पोटिङ धितो लिएरमात्र ऋण लगानी गर्न सकिनेछ । १० वर्ष भन्दा अघिको मोडेलहरुलाई धितोको रुपमा स्विकार गरिने छैन । यस्तो ऋणको अवधी १ देखि ३ वर्षसम्मको हुनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर बमोजिम हुनेछ भने मासिक नियमित बचत पूर्ण रुपमा अद्यावधिक हुनुपर्नेछ ।

पारिवारिक जमानी साक्षी ऋण

विवाह, व्रतवन्ध, न्वारन, पास्नी, मृत्यु संस्कार तथा यस्तै प्रकारका अन्य सामाजिक कार्यका लागि बढिमा ५ लाख सम्म परिवारका सदस्यहरुको जमानी साक्षीमा यस्तो ऋण बढिमा १ वर्ष अवधि सम्मको लागि प्रदान गरिने ऋणलाई पारिवारिक जमानी साक्षी ऋण भनिनेछ । यस ऋणको ब्यबहार घरायसी खरखाँचो ऋण सरह नै हुनेछ ।

आवाधिक निक्षेप वापत ऋण

आफुले जम्मा गरेको निश्चित अवधीको निक्षेपको विरुद्धमा संस्थाले प्रदान गरेको ब्याजमा २ प्रतिशत ब्याज थप हुनेगरि प्रदान गरिने ऋणलाई आवधिक निक्षेप वापतको ऋण भनिनेछ । यस्तो ऋणको अवधी निक्षेप अवधीसम्मको हुनेछ ।

विपन्नवर्ग ऋण

विपन्न तथा पिछडिएका वर्ग र समुदायको हितमा केन्द्रित रहि उर्पयूक्त योजना र ऋण सदुपयोगिताको स्थिती तथा सुरक्षण भएमा बढिमा १ लाख रुपैयाँ २ वर्षसम्मको लागि प्रदान गरिने ऋणलाई विपन्नवर्ग ऋण भनिनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर भन्दा ३% कम हुनेछ ।

कृषि ऋण

कृषि तथा पशुपालनसँग सम्बन्धित कार्यका लागि प्रदान गरिने ऋणलाइ कृषि ऋण भनिनेछ । यस्तो ऋणको अधिकत्तम सिमा २ वर्षसम्मको लागि हुनेछ । यस प्रकारको ऋण विना धितोको हकमा रु.१ लाख सम्म र धितोको हकमा रु.१० लाख सम्म प्रदान गरिनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर भन्दा ४% कम हुनेछ । समय सापेक्ष संस्थाले संचालक समितीको निर्णय अनुसार स्किमहरु बनाई कृषि ऋणलाई सहुलिएत रुपमा प्रदान गर्नेछ ।

कर्मचारी सहुलियत ऋण

संस्थामा स्थायी नियुक्ती पाई कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने ऋणलाई कर्मचारी सहुलियत ऋण भनिन्छ । यस प्रकारको ऋण सम्बन्धित कर्मचारीको ५ वर्ष बराबरको आधारभूत तलबमानको ८०% मात्र हुनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर भन्दा ४% कम हुनेछ ।

अल्पकालिन ऋण

सदस्यहरुलाई तत्काल पर्नसक्ने समस्या र खाँचो टार्ने उद्देश्यले अधिकत्तम ऋणको सिमा भित्र रहि निर्धारित शुल्कमात्र लिएर १ हप्ता देखि १ महिनासम्मको लागि दिईने ऋणलाई अल्पकालिन ऋण भनिनेछ । यस्तो ऋणमा ऋणी सदस्यसँग ऋणको अन्तिम मितिको चेक भुक्तानीको लागि संस्थाको नाममा लिई कार्यालय प्रमुखले ऋणीको सुरक्षण, आवश्यकता र परिस्थिती हेरि ऋण उपसमिती तथा संचालक समितीसँगको समन्वयमा संचालक समितीको निर्देशन बमोजिम बढिमा रु. ५ लाख तुरुन्त प्रदान गर्न सक्नेछ र यदि संस्थामा धितो छ भने धितोले खामेसम्मको लगानी गर्न सकिनेछ ।

ब्यबसाय पुनरुथ्थान ऋण

कोभिड १९ तथा प्राकृतिक विपत आईपरेको जस्तो समयलाई ध्यानमा राखेर संस्थाले यस्तो प्रकारको कर्जा प्रवाह गर्नेछ । यसको मुल उद्देश्य भनेको विद्यमान ऋणीहरुलाई समस्या परेको अवश्थामा धितो सुरक्षणको आधारमा पुरानो ऋण रकमको बढिमा २५% सम्म साविक ब्याजदरमा वा समय सापेक्ष तयार पारिएको स्किमको सहुलिएत ब्याजदरमा १ वर्ष सम्मको लागि कर्जा प्रवाह गरिनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर भन्दा १% कम हुनेछ ।

शैक्षिक ऋण

बाल सदस्य वा सदस्यको छोराछोरीहरुलाई स्वदेश तथा विदेशमा अध्ययन गर्नको लागि ऋणको आवश्यक परेमा सहुलिएत दरमा कर्जा प्रवाह गरिनेछ । यसको मुल उद्देश्य शैक्षिक स्तर उकास्न सदस्यहरुलाई मद्दत पु¥याउनु हो । यस प्रकारको ऋण विना धितोको हकमा रु.१ लाख सम्म र धितोमा रु.२५ लाख सम्म प्रदान गरिनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर भन्दा १% कम हुनेछ ।

यूवा स्वरोजगार ऋण

यूवा (उमेर हद १८ देखि ३५ वर्ष) हरुले कुनै पनि कानुनी मान्यताप्राप्त पेशा द्धारा आफुलाई स्वदेशमै आत्मनिर्भर बनाई स्वरोजगार हुन चाहेमा, यहि चाहलाई सहयोग गर्ने उद्देश्यले यूवा स्वरोजगार कर्जा सहुलिएत दरमा उपलब्ध गराईनेछ । यस प्रकारको ऋण विना धितोको हकमा रु.१ लाख सम्म र धितोमा रु.२५ लाख सम्म प्रदान गरिनेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर भन्दा १% कम हुनेछ ।

औषधि उपचार ऋण

सदस्य तथा सदस्यको एकाघर परिवारका सदस्य विरामी पर्दा संस्थामा ऋण माग गर्ने सदस्यको संस्थामा रहेको वचत तथा जमानीको आधारमा अधिकतम रु. १५ हजार सम्म बढीमा ३ महिना अवधिको लागि ० प्रतिशत ब्याजदरमा लगानी गरिनेछ । यदि ३ महिना भित्र ऋण चुक्ता नगरेमा लिएकै मिति देखी ऋणमा तोकिएको अधिकतम व्याजदरले ब्याज लाग्ने तथा भाखा नाघेको मितिवाट हर्जना लाग्नेछ । यो ऋण लिनको लागि सदस्यले विरामी भएको प्रमाण पेश गर्नु पर्नेछ । सदस्य तथा सदस्यका एकाघरका व्यक्ति उपचारार्थ अस्पताल भर्ना हुनु पर्ने अवस्थामा एका घरका एक जना सदस्यलाई मात्र विना जमानत ऋण उपलव्ध गराउन सकिनेछ ।

महिला उद्यम विकास ऋण

महिलाहरुको उद्यम विकासमा टेवा पु¥याउने उद्देश्यले यस प्रकारको कर्जाको उपलब्ध गराईनेछ । यस्तो ऋणको समय सिमा २ वर्षसम्मको लागि हुनेछ । यस प्रकारको ऋण महिला समुह जमानीमा विना धितोको हकमा रु.१ लाख सम्म र धितोमा रु.१० लाख सम्म प्रदान गरिनेछ । समय सापेक्ष संस्थाले संचालक समितीको निर्णय अनुसार स्किमहरु बनाई महिला उद्यम विकास ऋणलाई सहुलिएत रुपमा प्रदान गर्नेछ । यस ऋणको ब्याजदर सन्र्दभ ब्याजदर भन्दा २% कम हुनेछ ।

पुनश्चः एक वर्षे अवधि कर्जामा ब्याज अनिवार्य तथा साँवा स्वेच्छिक हुनेछ भने सो अवधी भन्दा माथिका ऋणहरुमा साँवा तथा ब्याज मासिक किस्ताको रुपमा अनिवार्य भुक्तानी गर्नुपर्नेछ साथै ऋणको ब्याजदर, समय सिमा र विद्यमान अवश्था अनुरुप अनुसार संचालक समितीले निर्णय गरे बमोजिम परिवर्तन हुनेछ ।