सुचना
‘सकारात्मक सोच र भूमिकाको आवश्यकता सहकारी अभियानलाई छ’

- काभ्रे खबर
- / अर्थ/व्यवसाय /
- २०८१ पौष १९, शुक्रबार (३ महिना अघि)
-
४९६ पटक पढिएको
42
Shares

एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था डेढ
दशकदेखि सञ्चालनमा छ। काभ्रेको बनेपा नगरपालिका–७मा कार्यालय रहेको
संस्थाले यो डेढ दशकमा आफ्ना सदस्यहरुमाझ सरल, सवल र सुरक्षित संस्थाको
परिचय बनाइसकेको छ। संस्थाको वर्तमान अवस्था, समग्र सहकारीको अवस्था लगायत
विषयमा सहकारीका प्रमुख कार्यकारी अधिकृत अरुण थापासँग गरिएको कुराकानीको सम्पादित अंशः
सहकारी के हो?
सहकारी आम मानिसहरुको सुख दुःखको
सहयात्री हो, जसले हर घरको हर व्यक्तिलाई पारिवारिक सदस्यताको अनुभूती
दिन्छ र जसको विकल्प अन्य निकाय कहिल्यै बन्न सक्तैन तर पछिल्लो समय केहि
सहकारी र सदस्यहरुमा समस्या सृजना भएको छ।
संस्थाको परिचय दिनु पर्दा ?
१६ वर्ष अगाडी २०६५ साल भाद्र २३ मा तत्कालिन डिभिजन सहकारी कार्यालय
धुलिखेलमा प्रकृयागत दर्ता भई आफ्ना सदस्यहरुको माझमा सरल, सवल र सुरक्षित
संस्थाको परिचय बनाउँदै स्थानीयस्तरमा संचालित सदस्यहरुको साझा थलो नै
एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था हो।
कस्तो छ आर्थिक कारोवार ?
विविध पाटोहरुको कारण पछिल्ला दिनहरुमा आर्थिक कारोबार अत्यन्त संकुचित
भएका छन्। राज्यको अस्थिर नीति, उद्योग कलकारखाना तथा व्यवसायहरु सुचारु
ढंगबाट संचालन हुन नसक्नु, बैंकिङ्ग प्रणालीमा आएको उतारचढाव, केहि
सहकारीहरुमा देखिएको समस्या आदि कारणहरुले गर्दा समग्र आर्थिक कारोवारहरु
प्रभावित भएका छन।् यद्यपि हालका दिनमा विस्तारै आर्थिक कारोबार तथा
वित्तीय गतिविधीहरु सुध्रिंदै अगाडि बढिरहेकोमा सकारात्मक बढोत्तरीको
अपेक्षा गर्न सकिन्छ।
विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा
छन्। सहकारीले प्रवाह गरेको कर्जाको व्याजसमेत तिर्न धौ धौ छ, यस्तोमा
सहकारीले केही सहुलियतका योजना अघि सारेको छ कि?
तपाईको प्रश्नले धेरै घटना परिघटनाको प्रतिनिधित्व गरेको छ। समस्या लगभग
यस्तै नै हो। त्यसैले हामीले सदस्यहरुको समस्या, आर्थिक, सामाजिक तथा
व्यवसायिक अवस्थालाई ध्यानमा राखेर हर्जनामा शतप्रतिशत र व्याजमा सहुलियत
सहितका सुविधाहरु प्रदान गर्दैै आएका छौं, जसमा असल सदस्यहरुले उत्साहजनक
सहभागिता समेत जनाईरहनु भएको छ।
बचतका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ?
सहकारीहरुले बचत तथा ऋणका उत्पादनहरु तयार गर्दा सदस्यहित हुनेगरी
गर्नुपर्दछ जसको प्रथम लाभ सदस्यलाई र दोश्रो लाभ संस्थालाई हुनुपर्दछ।
एक्सप्रेस साकोसले पनि आफ्ना सदस्यहरुका लागि अत्यन्तै लाभपयोगी बचतका
कार्यक्रमहरु ल्याएको छ र धेरै सदस्यहरुले उक्त योजनाबाट लाभ पनि प्राप्त
गरिरहनु भएको छ। एक्सप्रेस साकोसमा आवद्ध सदस्यहरु आफु आवद्ध बचत
कार्यक्रमबाट सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्दछ।
कर्जा प्रवाहमा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?
कर्जा प्रवाह गर्दा मुलत ५ सी लाई ध्यानमा राख्नु पर्छ र पनि हामी
सदस्यहरुको दुःख सुखको सहयात्री सहकारी संस्था भएको हुँदा बैंक जत्तिको
कठोर बन्न सकिंदैन र बन्नु पनि हुँदैन जस्तो लाग्छ मलाई।
कर्जा लगानी कस्ता क्षेत्रमा बढी लक्षित छन?
मुलत कर्जा लगानी गर्दा साना मझौला उद्योग, व्यवसायिक, कृषि तथा पशुपालन, घरजग्गाा खरिद, घरायसीमै लक्षित हुन्छन्।
कर्जा कसरी खराब कर्जा बन्न पुग्छ?
कर्जा खराब हुनुमा विभिन्न तत्वहरुले भूमिका खेल्ने गर्दछन्। सदस्यले
आफुले लिएको ऋण सदुपयोग नगरेमा, कर्जा प्राप्त गर्ने माध्यम बढि भएमा,
लिएको ऋणको शर्त र सिमा भूलेमा। अझ छोटकरीमा भन्दा अनावश्यक कर्जा लिने तथा
लिएको कर्जा दुरुपयोग गरेमा र यत्ति सबै हुँदा हुँदै पनि परिस्थतीजन्य
कारणहरुले गर्दा पनि कर्जाहरु खराब बन्न सक्छन्। कर्जालाई खराब हुन नदिने र
नियन्त्रण गर्ने एउटै मजबुद उपाय भनेको सहकारी ऐन २०७४ को दफा ८० बमोजिम
कालोसूचीको व्यवस्था, ८१ बमोजिम कर्जा सूचना केन्द्र र ८२ बमोजिम कर्जा
असुली न्यायधिकरण गठन गरेर कडाईका साथ कार्यान्वयनमा ल्याएमा खराब कर्जाको
मात्रामा कमी आई संस्था र सदस्य दुबैलाई हित हुनेछ।
कति छ खराब कर्जा?
हाम्रो संस्थाको कुरा गर्दा करिवन १ प्रतिशत कर्जा अत्यन्त खराब, २
प्रतिशत मध्यम खराब र ४ प्रतिशत जति सामान्य खराब कर्जाहरु रहेका छन्।
सहकारी डुब्न लागे, भागे, पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र भनेको सुनिन्छ नि आजकल, किन ?
सायद आजकाल त यस्तो छैन की जस्तो लाग्छ मलाई तर करिवन एक डेढ वर्ष
अगाडीको जल्दोबल्दो समस्या हो यो र यसको असर अझै पनि केहि देखिदै आएको छ।
मलाई लाग्छ केहि आफ्नैै बदमाशीले डुबे भने केहि हल्लाखल्लाले गर्दा धान्न
नसकेर समस्यामा परे वा डुबे। यसै गरी हल्लाखल्ला, समाचार र सोसल मिडियाको
दुरुपयोग हुँदै जाने हो भने नेपालको राम्रै बैंक पनि डुब्न बेर छैन। झण्डै
अस्ति एक ठुलै कमर्सियल बैंक यस्तै हल्लाको कारण डुबेको थियो, होईन र?
अनि एउटा सामान्य कुरा हामीले के बुझ्नु प¥यो भने जतिसुकै राम्रो बैंक
वा संस्था भए पनि र नियमानुसारको तरलता व्यवस्थापन गरेको भए पनि सबै जना
बचतकर्ता आतंकित भएर एकै समयमा बचत फिर्ता लिन आए भने त्यो नियमानुसार
व्यवस्थापन गरेको तरलताबाट २०÷२५ प्रतिशतसम्म फिर्ता गर्न सक्छ बाँकी त
सदस्यलाई ऋण लगानी गरेको हुन्छ, अनि एकै समयमा कसरी फिर्ता गर्न सक्छ ?
सामान्यतः बैंक, फाईनान्स, सहकारी र इन्सुरेन्सहरु, सबै बचत एकैपटकमा
फिर्ता जाँदैनन् अनि सबै इन्सुरेन्स एकैपटकमा क्लेम हुँदैनन् भन्ने
मान्यताबाट संचालित हुन्छन तर सिद्धान्त र मान्यतामै असर प¥यो भने राम्रो
पनि नराम्रो हुन धेरैबेर लाग्दैन र सहकारी अभियानमा हिजो ठूलो महाभूकम्प
आएको थियो र आज त्यहि त्यो ठुलो भुकम्पको कारण सामान्य पराकम्पनहरु महशुस
भइरहेका छन्। यो महाभुकम्पले धेरै ठुलो पाठ सिकाएर गएको छ। जसलाई संस्था र
सदस्यले नजिकबाट अनुभूत गरेका छन्। संस्था र सदस्य दुबैले आफ्ना गल्ती,
कमीकमजोरीको पहिचान गरी थप सुदृढ भई अगाडी बढ्ने बाटो रोजेका छन्।
अहिले सहकारी अभियान सुदृढ हुँदैछ। सहकारीमा कारोबार गर्ने सम्पूर्ण
सदस्यज्यूहरुलाई म यो आग्रह गर्दछु की, तपाई ढुक्क भएर आफु आवद्ध संस्थामा
गयए संचालक वा व्यवस्थापकसँग जिम्मेवारी सहितका कुरा गरेर आफ्नो कारोबार र
सहभागिता जनाई अभियानको सुदृढिकरणमा हातेमालो गर्नुहोस्।